पोष्टरमा यस्तो देखियो ‘चपली हाइट-३’



०५ असोज २०७६, काठमाडौँ

हजार जुनीसम्म को असफलताबाट केही हच्किएकी स्वस्तिमाले नयाँ सिनेमा साइन गरेकी छिन् । उनले सुपरहिट चलचित्र चपली हाइट को सिरिज चपली हाइट ३ मा काम गर्ने भएकी छिन् । स्वस्तिमा अहिले देशबाहिर छन् । नेपाल आएपछि उनले आफ्नो समय यो चलचित्रलाई समय दिनेछिन् ।

चलचित्र चपली हाइट मा स्वस्तिमाको जोडी महेश त्रिपाठीसँग बाधिने भएको छ । चलचित्रमा सुपुष्पा भट्ट, प्रतिक श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका रहने छ । यो चलचित्रको पोष्टर समेत सार्वजनिक भैसकेको छ । पोष्टरको धेरैले प्रशंसा समेत गरेका छन् ।

निर्माता अर्जुन कुमारले सार्वजनिक गरेको उक्त पोष्टर हलिउड फिल्म ‘इएल क्युरोप’सँग हुबहु मिल्न गएको छ । २०१२ मा निर्माण फिल्म ‘इएल क्युरोप’ पोष्टरका केही डिजाइन मध्य एकसँग ‘चपली हाइट ३’को पोष्टर मिल्न गएको हो ।

पोष्टर नक्कल गरिएको बिषयमा ‘चपली हाइट ३’ का निर्माता अर्जुन कुमारले पनि स्वीकार गरेका छन् । उनले आफुले हलिउड फिल्म ‘इएल क्युरोप’ को केही पोष्टर डिजाइन मध्ये एक कपि गरेर ‘चपली हाइट ३’ को पोष्टर तयार पारेको बताए ।

प्रतिक्रिया दिनुहोस्