पानीभित्र प्रेमिकालाई विवाहको प्रस्ताव राख्दा प्रेमीको मृत्यु



०४ असोज २०७६, काठमाडौँ

अमेरिकाका एक प्रेमजोडी घुमघामको लागि तन्जानिया गएका थिए । पानीभित्र प्रेमिकालाई विवाहको प्रस्ताव राख्ने हुदाँ प्रेमीको पानीमा डुबेर मृत्यु भएको छ ।

प्रेमिका केनेशा एन्टोइनले फेसबुकमा यो घटनाबारे लेखेकी छन् र भिडियो शेयर गरेकी छन् । उनले लेखेकी छन् ‘प्रेमी स्टीवन वीबरले पानीभित्रबाट मलाई विवाहको प्रस्ताव गरेका थिए । उनको सुन्दर स्वभावको बयान गर्न मसँग शब्द छैनन् ।’

‘मेरो प्रेम तिमि गहिरो पानीभित्रबाट बाहिर आउन सकेनौँ, तिमिले विवाहको प्रस्तावमा मेरो जवाफ पनि सुन्न सकेनौँ । तिम्रो प्रस्ताव स्वीकार छ, लाखौँ पटक भन्छु स्वीकार छ, म तिमिसँग विवाह गर्नेछु’, केनेशाले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्