आज सिताराम कट्टेल (धुर्मुस) को जन्मदिन, शुभकामना दिनेको ओइरो



०४ असोज २०७६, काठमाडौँ

आज सिताराम कट्टेल (धुर्मुस) को जन्मदिन रहेको छ । आजबाट धुर्मुस ३७ बर्षमा लागेका छन् । उनी चर्चित कलाकार मात्र नभएर समाजसेवी पनि हुन् ।

धुर्मुसले कलाकारिता क्षेत्रका साथै देशका लागि पनि निकै काम गरेका छन् । आज उनको जन्मदिन परेकाले उनका शुभचिन्तकले सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिइरहेका छन् ।

लामो समयपछि अब धुर्मुस र सुन्तली चलचित्र सेन्टि भाइरस मार्फत पर्दामा फर्कदैछन् । हाम्रो तर्फबाट पनि धुर्मुसलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्