गैरआवासीय नेपाली संघ युरोपमा योगिता थापाको उम्मेदवारी



०४ असोज २०७६, काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न विश्व सम्मेलनमा युरोपेली राष्ट्र बेल्जियममा युवा व्यवसायी तथा समाजसेवीको पहिचान बनाएकी योगिता थापाले युरोप महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

युरोप मै सक्रिय महिलाहरु मध्ये एक थापा गैर आवासीय नेपाली संघ बेल्जियमकी निवर्तमान उपाध्यक्ष हुन् । होटल व्यवसायी थापाको परिचय विविध क्षेत्रसँग सम्बन्धित छ । उनी बेल्जियममा नेपाली कला संस्कृति तथा पर्यटनको प्रवर्द्धनका लागि निरन्तर क्रियाशील हुनुका साथै सफल मोडल पनि हुन् ।

बेल्जियमको राष्ट्रिय मोडल प्रतियोगिता ‘टप मोडल २०१६’ की फाईनलिस्ट पनि हुन् । उक्तः प्रतियोगितामा स्थानीय थुुप्रै बेल्जियन मोडलहरुलाई पछि पार्दै फाईनलमा पुगेकी थिईन् । उनी हाल लुम्बिनी कपिलबस्तु विश्व अभियान बेल्जियमको सचिवका रुपमा क्रियाशील छिन् । साथै भिजिट नेपाल २०२० को सफलताका लागि अभियान पनि सञ्चालन गरिरहेकी छन् । उनी अन्तर्राष्ट्रिय कलाकार संघ आदि विभिन्न संस्थाहरुमा सक्रिय छिन् ।

हाल उनी मिस नेपाल युरोपको आयोजनाको तयारी गरिरहेकी छन् जसको युरोपका विभिन्न देशहरुमा अडिसन भईरहेको छ । युरोपमा नेपाली समुदायको दोश्रो पुस्तालाई नेपाली कला संस्कृति, आप्mनो देश र आफू हुर्किएको देशको बारेमा गहन ज्ञान हासिल गर्दै आफ्नो प्रतिभा प्रदर्शन गर्ने र आत्मविश्वास बढाउन मिस नेपाल युरोप आयोजना गरिएको बताउँछिन् । हाल सम्म फ्रान्स, नर्वे, फिनल्यान्ड, अस्ट्रिया, नेदरल्याण्ड, जर्मनी, स्पेन आदि मुलुकमा अडिसन सम्पन्न भईसकेको छ । अन्य देशहरुमा पनि अडिसन सम्पन्न गरिने चरणमा रहेको मिस नेपाल युरोपको फाइनल भने डिसेम्बरमा गरिने जानकारी थापाले गराईन् । यो प्रतियोगिताले युरोपभरिका नेपालीहरुमा गैरआवासीय नेपाली अभियानलाई टेवा पुग्ने अपेक्षा गरेकी छन् ।

नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको मानार्थ सद्भावना दुतको उपाधिले सम्मानित थापा आफूले गरेको यस्तै सामाजिक क्रियाशीलतालाई एनआरएन अभियान मार्फत प्रवासी नेपाली समाजलाई अघि बढाउन चाहेको बताउँछिन् ।

देशविदेश जहाँ रहेपनि महिलाहरुको समस्या पृथक हुने भएकोले त्यसको समाधान पनि एनआरएन अभियानबाटै खोज्ने र प्रवासी महिलाहरुलाई यो अभियानको शक्ति बनाउन पहल गर्ने उनको कार्यसूचीमा छ । यसका लागि युरोपका सबै नेपालीहरुले आफूप्रति विश्वास गर्ने उनको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्