कट्रिनाको नाम सुन्ने बित्तिकै सलमानले बजाए सिठ्ठी, दर्शक भए चकित



०४ असोज २०७६, काठमाडौँ

सलमान खान बलिउडमा विन्दास अभिनेताको रुपमा परिचित छन् । उनी आफूलाई जे मन लाग्छ त्यहि गर्ने गर्छन् । जसका कारण उनी धेरैपटक विवादमा समेत आउने गरेका छन् । यस्तै सलमानले तारिफ गर्ने मानिस निकै कम छन् । जसमध्ये कट्रिना पनि पर्छिन् ।

कट्रिना सलमानकी मिल्ने साथी हुन् । कट्रिनाको तारिफ गरेर उनी कहिल्यै थाक्दैनन् । यस्तै उनले आइफा अवार्ड मा पनि यस्तै हर्कत गरेका छन् ।

आइफा अवार्ड मा कट्रिनालाई प्रस्तुतीको लागि स्टेजमा बोलाउनासाथ सलमान आफ्नो सिटबाट जुरुक्क उठेर बेस्सरी ताली बजाउँदै कट्रिनाको लागि सिठ्ठी पनि बजाए । उनलाई देखेर अन्य कलाकार भने छक्क परेका थिए ।

प्रतिक्रिया दिनुहोस्