आज नायिका उपासना सिंह ठकुरीको जन्मदिन, शुभकामना दिनेको ओइरो



०४ असोज २०७६, काठमाडौँ

चलचित्र क्याप्टेन बाट नेपाली चलचित्र जगतमा आएकी नायिका उपासना सिंह ठकुरी अभिनीत दोस्रो चलचित्र कबड्डी कबड्डी कबड्डी कबड्डी देशव्यापी रुपमा प्रदर्शन भैरहेको छ ।

त्यस्तै आज नायिका उपासना सिंह ठकुरीको जन्मदिन समेत रहेको छ । आज उपासनाले दर्शक र पत्रकारहरुसँग बसेर आफ्नो जन्मदिन मनाएकी छिन् । अहिले चलचित्र कबड्डी कबड्डी कबड्डी ले देशभर आक्रमक व्यापार गरिरहेको छ ।

उपासनाको जन्मदिन परेकाले दर्शकले उनलाई सामाजिक सञ्जालमा शुभकामना समेत दिइरहेका छन् । अहिले चलचित्र कबड्डी कबड्डी कबड्डी मा उपासनाको कामको तारिफ पनि भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्