कपन साहित्य समाजद्वारा शुभकामना आदान प्रदान एवं कवि गोष्ठी सम्पन्न



०४ असोज २०७६, काठमाडौं

कपन साहित्य समाजले विजया दशमी तथा दीपावलीको शुखद अवसर पारेर शुभकामना आदान प्रदान एवं बृहत कवि गोष्ठी आयोजना सम्पन्न गरेको छ।

बूनपाकी उपप्रमुख रमादेवी राईको प्रमुख आतिथ्यता र प्रा. डा. रामप्रसाद ज्ञवाली विशेष अतिथिको रुपमा रहेको सो बृहत कवि गोष्ठीको सभाध्यक्ष कपन साहित्य समाजका अध्यक्ष गणेशकुमार मिश्रले गरेका थिए।

बूनपा वडा नं ११ र १० का वडाअध्यक्षहरु क्रमसः राजु अधिकारी, नवराज भट्टराई र संस्थाका संरक्षक मिठाराम अधिकारीहरु अतिथि रहेको उक्त बृहत गोष्ठीमा कवि ,समाजसेवी, शिक्षासेवी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि एवं सदस्यज्यूहरुको बाक्लो उपस्थिति थियो।

सभापतिको रुपमा रहेका गणेशकुमार मिश्रले सम्पूर्ण उपस्थित व्यक्तित्वहरुलाई स्वागत गर्दै कपन साहित्य समाज सम्पूर्ण समुदायको आस्था र विश्वासको धरोहर बन्दै साहित्यिक सेवामा लाग्न प्रतिवद्ध रहेको धारणा राखेका थिए।

कपन साहित्य समाज सबै साहित्यकारहरुको साझा सम्पत्ति भएकोले यसको माध्यमबाट कला, साहित्य र संस्कृतिको संरक्षण र विस्तारका लागि निश्चित खालको गुरु योजना तयार गरिसकिएको र सोही आधारमा साहित्यिक विकासको निम्ति कार्यक्रमहरु आगामी दिनहरुमा आउने विश्वास दिलाएका थिए।

करिब ४६ जना कविहरुले कविता, गीत, गजल, मुक्तकद्धारा श्रोता महानुभावहरुलाई मन्त्रमुग्ध पारिएको उक्त गोष्ठीमा गायक श्याम पोखरेलले राष्ट्रिय गीत गाएर सबैको ध्यान खिचेका थिए।

कपन साहित्य समाजका संरक्षक मिठाराम अधिकारीले कपन साहित्य समाजको प्रत्येक झ्याल र कोठाहरु अनि भित्ताको इँटाहरु कविता भएर बर्सिनुपर्ने र कपनको यो माटोलाई साहित्यिक भूमि बनाउन सक्नपर्ने धारणा राखेका थिए।


बूनपा वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले पछिल्लो समयमा कपन साहित्य समाजले राम्रा कामका थालनी गरेको र आगामी दिनमा गरिने साहित्यिक कार्यक्रमहरुको लागि बजेटको अभाव नरहने कुरा राख्दै कपन साहित्य समाजमा पुस्तकालयको आवश्यक्ता रहेको हुँदा सोही अुनसारको कार्यक्रम साहित्य समाजले ल्याउँदा आफू सहयोगी भूमिकामा रहेन विश्वास दिलाएका थिए।


त्यस्तै, विशेष अतिथिका रुपमा प्रा. डा. रामप्रसाद ज्ञवालीले गोष्ठीमा बाचन गरिएका कवितामा शासकहरुकोप्रतिको आक्रोश, समाजको वेथिति र नागरिक कर्तव्यको अभाव रहेका कुरा उल्लेख गर्दै कविताले श्रोताको मन र मष्तिस्कमा ठूलो प्रभाव पार्न सक्नुपर्छ भन्ने धारणा राखेका थिए।

त्यस्तै, बूनपाकी उपमेयर रमादेवी राईले प्रमुख अतिथिको रुपमा बोल्दै साहित्य समाजको प्रगतिको कामना गर्दै नजिकै आइरहेको चाडपर्वहरुले सबैमा सुख, शान्ति र समृद्धि ल्याउन सकोस् भन्दै कविताका माध्यमबाट आफ्नो अभुभूति प्रकट गरेकी थिइन्।

कवि तथा साहित्यकार गंगा पौडेलले कपन साहित्य समाजको स्थापना र निर्माणमा मिठाराम अधिकारीले खेलेका भूमिकाको सम्मान गर्दै वर्तमान अध्यक्ष गणेशकुमार मिश्रले थाल्नुभएको रचनात्मक कार्यको प्रशंसा गर्दै कपन साहित्य समाजको भौतिक विकासप्रति खुसी व्यक्त गरेकी थिइन्।

कपन साहित्य समाजका महासचिव लक्ष्मण अधिकारीले संचालन गरेको उक्त कार्यक्रमको अन्त्यमा उपाध्यक्ष डा. विष्णु केसीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम/गोष्ठी समाप्त गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्