मोटरसाइकल दुर्घटना, २ को मृत्यु



०४ असोज २०७६, काठमाडौं

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ।

दुर्घटनामा घोराही उपमहमानगरपालिका वडा नं ९ का २५ वर्षीय मनोज विक र घोराही उपमहमानगरपालिका वडा नं ५ धर्नाका २५ बर्षकै दीपक विकको मृत्यु भएको हो।

गएराति घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ४ प ७४९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सिमेन्टको पिलरमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरीका प्रवक्ता विनोद विक्रम शाहले उनीहरु दुवै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति मृत्यु भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्