‘ऋतिक रोशनसँग विवाह गर्न चाहन्छु’ : सोनाक्षी सिन्हा



०४ असोज २०७६, काठमाडौँ

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले लामो समयदेखि आफू विवाह गर्न तयार भएको तर भनेजस्तो केटा नै नपाएको बताउँदै आएकी छिन् । हुन त अविवाहित अभिनेत्रीलाई विवाहबारे प्रश्न गरिनु सामान्य कुरा हो ।

सोनाक्षीले आफूले विवाह गर्न चाहेको पुरुषको नाम बताएकी छिन् । उनलाइ एक म्यागजिनको लागि तपाई कस्तो पुरुषसँग विवाह गर्न चाहनुहुन्छ भन्ने प्रश्न गरिएको थियो । जहाँ सोनाक्षीले आफूलाई खुसी पार्न सक्ने र आफूलाई बुझ्ने केटासँग विवाह गर्ने चाहना भएको बताएकी थिइन् ।

यस्तैमा उनले ऋतिक रोशनको नाम लिइन् । सोनाक्षीले आफू ऋतिक रोशनसँग विवाह गर्न राजी भएको बताएकी छिन् । अहिले यो कुराले बलिउडमा हल्ला फिजिएको छ ।

प्रतिक्रिया दिनुहोस्