‘ऐश्वर्यासँग जोडी बाध्न नपाएकोमा अभागी महशुस गर्छु’ : शाहरुख खान



०४ असोज २०७६, काठमाडौँ

शाहरुख खानले एक अवार्ड शो मा ऐश्वर्या रायसँग जोडी बनेर काम गर्न नपाउँदा आफूलाई अभागी महशुस गर्ने गरेको बताए । उनले एश्वर्यासँग केही चलचित्रमा काम गरेका छन् । तर शाहरुखको दुर्भाग्य उनले र ऐश्वर्याले काम गरेको चलचित्रमा उनीहरु जोडीको रुपमा देखिन सकेका छैनन् ।

शाहरुखले ऐश्वर्या आफूलाई निकै मनपर्ने अभिनेत्री भएको बताउँदै आएका छन् । लक्स गोल्डेन रोज अवार्ड को समयमा शाहरुखले यी कुराहरु बताएका थिए । उक्त कार्यक्रममा बलिउडका चर्चित कलाकारको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्