बूढानीलकण्ठ १०, ११ र १२ को आयोजनामा भब्य रुपमा संविधान दिवस सम्पन्न



०३ असोज २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं १०, ११ र १२ द्वारा तीन वटै वडामा संचालित सरकारी तथा निजी विद्यालयको उपस्थितीमा संविधान दिवस भव्यताकासाथ मनाईएको छ ।

बूनपा उपप्रमुख रमादेवी राईले नेपाली जनताको ९० प्रतिशत सहमतमा बनाईएको भन्दै उनले विश्वका उत्कृष्ट संविधान मध्ये नेपालको संविधान २०७२ एक रहेको बताईन् ।

बूनपा वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले नेपालको संविधान २०७२ नेपालको सातौ संविधान रहेको बताउदै यो संविधान नेपाली जनताले बनाएको हुनाले यसमा सबैलाई समेटीएको प्रष्ट पारे ।

वडाध्यक्ष भट्टराईले ९० प्रतिशत जनताले हस्ताक्षर गरेर बनाएको यो संविधान हो त्यसकारण यो संविधान दिवस मात्र नभएर संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन आग्रह गरे ।

त्यसैगरि बूनपा ११ का वडाध्यक्ष राजु अधिकारीले संविधानमा सबै कुरा रहेको बताउदै संविधान लागु गर्न बूनपा तथा वडा सधै तयार रहेको बताए ।

बूनपा १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले देशव्यापी रुपमा संविधान दिवस मनाएर यसलाई सफल पार्न संपुर्णमा अनुरोध गरेका थिए ।

तीनवटै वडाको संयुक्त आयोजनामा कपन ह्याण्डबल ग्राउण्डमा मनाईएको संविधान दिवस कार्यक्रममा बूनपा उपप्रमुख रमादेवी राई, वडाध्यक्षहरु तीनवटै वडाका वडा सदस्यहरु, विभिन्न समाजसेवी लगायत स्थानीयहरु, बूनपा १०, ११ र १२ मा संचालित सरकारी तथा निजी विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्