बिराटनगरमा नागरिक सैनिक अन्तरक्रिया कार्यक्रम सम्पन्न



०२ असोज २०७६, बिराटनगर

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयको संयोजन तथा पूर्वी पृतना अन्तर्गत सूर्यदल गणको समन्वयमा आयोजित एक दिने सैनिक नागरिक अन्तरक्रिया कार्यक्रम मोरङको विराटनगर महानगरपालिका १ मा पृतनापति उपरथी अनन्त कार्कीको प्रमुख आथित्यमा सम्पन्न भएको छ ।

नागरिक सैनिक सम्बन्ध प्रगाढ बनाउने उद्देश्य अनुरुप  स्थानीय रेडियो साथै टेलिभिजनहरु  पत्रकारहरु नागरिक समाज समाजसेवी तथा प्रवुद्ध ब्यक्तित्वसँगको उपस्थितिमा संचालन गरिएको उक्त कार्यक्रममा सहभागीहरुले  नेपाली सेनाका लागि बिभिन्न सुझावहरु तथा जिज्ञासाहरु राखेका थिए ।

मोरङ जिल्लामा नेपाली सेनाको सैनिक रेडियो कार्यक्रम  निःशुल्क प्रशारण गर्ने एफएम  स्टेशनहरुलाई प्रधान सेनापतिबाट हस्ताक्षरित प्रशंसा पत्र पृतनापति कार्कीले बितरण गरेका थिए ।

कार्यक्रममा २ नं. बाहिनीपति सहायक रथी यम प्रसाद ढकाल, जनसम्पर्क तथा सूचना निर्देशनालयका महा सेनानी ईश्वर कुमार श्रेष्ठ, सूर्यदल गणका गणपति, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय रेडियोका प्रतिनिधिहरु, स्थानीय टेलिभिजनका प्रतिनिधिहरु, स्थानीय पत्रकार, नागरिक समाजका अगुवाहरु साथै स्थानीय बुद्धिजिवीहरु गरी ७० जनाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्