बलिउड नायिका जरिन खानले भनिन् : ‘किसिङ सिनको बहानामा निर्देशकले दुर्व्यवहार गरेका थिए’



०२ असोज २०७६, काठमाडौँ

चलचित्र विर बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री जरिन खान अहिलेकी चर्चित नायिका हुन् । बलिउडमा उनी बोल्ड नायिकाको रुपमा परिचित छिन् । जरिनले भारतीय मिडियामा दिएको एक अन्तवार्तामा किसिङ सिनको बहानामा एकपटक निर्देशकले आफूलाई दुव्र्यवहार गर्न खोजेको बताइन् ।

पिंकभिल्लालाई दिएको अन्तरवार्तामा जरिन खानले भनिन्, ‘जब म यो क्षेत्रमा नयाँ नयाँ आएको थिएँ तब मलाई एक निर्देशकले आफूसँग किसिङ सीनको रिहर्सल गर्न भनेका थिए । मैले आफूभित्रको लाज निकाल्नुपर्ने उनले बताएका थिए ।’

यद्यपि, उनले निर्देशकको उक्त कुरा स्विकार नगरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्