कत्तिको सुहायो धिरज र जसिताको जोडी ?



०२ असोज २०७६, काठमाडौँ

नायिका जसिता गुरुङ र धिरज मगर पहिलो पटक चलचित्र आई एक ट्वान्टी वान मा एकसाथ देखिने भएका छन् । रेनशा वान्तवा राईले निर्देशन गर्ने चलचित्रको छायांकन भने तिहारपछि सुरु हुने बताइएको छ ।

यस्तै केहीसमय अघि मिडियामा जसिता र धिरज पूर्व प्रेमीप्रेमिका रहेको कुरा आएको थियो । तर धिरज र जसिताले उक्त कुराको खण्डन गरेका थिए । यस्तै आज नयाँ बानेश्वरमा सञ्चालनमा आउन लागेको वान सिनेमाज को उद्घाटन कार्यक्रममा पुगेका थिए । जसिताले धिरजको हात समातेर हिडेकी थिइन् । धिरज र जसिताको केमेष्ट्रि निकै नै राम्रो देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्