उत्कृष्ट नायकको अवार्ड पाएपछि रणवीरले गरे दिपिकालाई किस



०२ असोज २०७६, काठमाडौँ

हिजो भारतमा भव्यसँग आइफा अवार्ड सम्पन्न भएको छ । आइफा अवार्ड मा बलिउडमा चर्चित कलाकारहरु उपस्थित भएका थिए ।

यसपटक आइफा अवार्ड मा सर्वोत्कृष्ट नायकको अवार्ड चलचित्र पद्यावत बाट रणवीर सिंहले जिते भने राजी बाट आलियाले उत्कृष्ट नायिकाको अवार्ड हात पारिन् ।

रणवीर सिंहको नाम घोषणा हुनासाथ पत्नी तथा अभिनेत्री दीपिका पादुकोणलाई रणवीरले चुम्बन गरेका थिए । दीपिकाको छेउमा बसेकी आलियालाई रणवीरले अंकमाल गरे । अवार्ड लिएपछि रणवीरले भने, ‘दीपिका तिमी मलाई हरेक दिन इन्स्पायर गर्छौ, मेरी पत्नी फ्रन्ट रोमा बसेर मलाई खुबै गर्वका साथ हेरिरहेकी छिन्, म योभन्दा अरु के माग्न सक्छुरु र भगवानसँग के मागुँ ?’

प्रतिक्रिया दिनुहोस्