‘कपिल शर्मा शो’ मा नफर्कने भए ‘मसहुर गुलाटी’



०२ असोज २०७६, काठमाडौँ

कपिल शर्मा शो का चर्चित कलाकार सुनिल ग्रोवर अर्थात डा.मसहुर गुलाटी कपिल शर्मा शो मा फर्कने चर्चा चलिरहेको छ । केहीसमय अघि सुनिलले एक ट्वीट गरेका थिए । दर्शकले सुनिलले उक्त ट्वीट मार्फत कपिल शर्मा शो मा फर्कन लागेको जानकारी दिएको अनुमान समेत लगाएका  थिए ।

तर सुनिलले कपिल शर्मा शो मा आफू फर्कने लागेको कुरामा कुनै सत्यता नभएको बताए । उनले आफूले उक्त ट्वीट कपिल शर्मा शो मा फर्कन लागेको जानकारी दिनको लागि पनि नहालेको बताए । सुनिलले यो कुरा सुन्दा सुन्दा आफूलाई दिक्क लागिसकेको समेत बताए । उनको कुराबाट उनी कपिल शर्मा शो मा फर्कन नचाहेको पुष्टि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्