प्रधानमन्त्री ओलीसँग भेटेपछि नायिका स्वेताले भनिन् : ‘मेरो जाँगर थपिएको छ’



०२ असोज २०७६, काठमाडौँ

नायिका स्वेता खड्काले प्रधानमन्त्रीसँग भेट गरेर आफ्नो माझी बस्तीबारे कुरा गरेकी छिन् । स्वेता र प्रधानमन्त्री ओलीबिच करिब आधा घण्टा कुरा भयो । स्वेताले आफूले निर्माण गरिरहेको माझी बस्तीबारे प्रधानमन्त्रीलाइ सुनाइन् ।

प्रधानमन्त्री ओलीलाई स्वेताले निर्माण गरेको माझीबस्ती बारे पहिले नै जानकारी रहेछ । उनले स्वेतालाई बधाई र धन्यवाद पनि दिए । स्वेताले प्रधानमन्त्री ओलीसँग भेट गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै आफूमा काम गर्न थप जाँगर थपिएको पनि बताइन् ।

श्वेताले स्थापना गरेको श्वेता श्री फाउन्डेसनद्वारा सिन्धुपाल्चोकमा निर्माणाधिन माझी बस्ती अन्तिम चरणमा छ । उक्त बस्तीमा ५३ वटा घर रहेका छन् ।

श्वेताका अनुसार दशैंदेखि नै माझीहरुलाई घरमा प्रवेश गराइने छ । तर, बस्तीको औपचारिक हस्तान्तरण भने पुस–माघतिर गरिने उनले बताइन् ।

‘घरहरु बस्नयोग्य भइसकेका छन्, तर अझै पनि बस्तिको धेरै काम बाँकी नै छ, माघसम्म सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने योजनामा छौं,’ उनले भनिन् ।

स्वेताको स्टाटस जस्ताको तस्तै–

हिजो , सम्माननीय प्रधानमन्त्री के पि शर्मा ओली ज्युसंग भेट्ने शुभ अवसर जुर्योच । भेटका अवसरमा सिन्धुपाल्चोकमा निर्माणाधिन एकिकृत नमुना माझी बस्तीको बारेमा कुरा भयो । भेटका क्रममा उहाँले प्रकट गर्नु भएको सकारात्मक बिचार र द्रुढ इक्ष्याशक्ती र देखेर म त दङ्ग भएँ । प्रधानमन्त्री ज्युबाट प्राप्त हौसला र उत्साहरुपी उर्जाका शब्दहरुले म भित्र भिन्नै जाँगर थपिदिएको छ । ५३ घर माझी परिवारका लागी एउटा सुन्दर बस्ती बनाउने यो अभियानमा सबै तह , सबै तप्का र सबै पक्षलाई जोड्ने मेरो प्रयास जारी छ । लौन त , राजनैतिक द्रेश र अतिवादी सोचलाई पैताला मुनी कुल्चिएर सामाजिक बिकासको पाटोमा हामी सबैले साझा पाईला चाल्ने कि !

प्रतिक्रिया दिनुहोस्