संविधान दिवसको सन्दर्भमा मानव अधिकार एलाइन्सको ‘समृद्धिका लागि समानता’ (फोटो फिचर)



०१ असोज २०७६, काठमाडौं

संविधान दिवसको सन्दर्भमा मानव अधिकार एलाइन्सले समानता र सामाजिक न्यायसहितको समृद्धि ! समावेशी लोकतन्त्र र आधारभूत मानवअधिकारको प्रत्याभूति !! भन्ने नाराका साथ ‘समृद्धिका लागि समानता’ विषयक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ्गले कार्यक्रमको संबोधन गर्दै नेपालको संविधान नेपाली जनताले नेपाली जनतालाई नै ५ वर्ष ८ महिना लगाएर धेरै मेहनतकासाथ बनाएको बताउदै नेपालको संविधान २०७२ विश्वकै नमूना संविधान मध्य एक भएको प्रष्ट पारे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता मीन विश्वकर्माले नेपालको संविधानको प्रशंसा गर्दै संविधान लागु गर्न आवश्यक रहेको बताउदै संविधान लागु गर्दा देशले निकै फड्को मार्ने बताए । अहिले सरकारले गरेका कामको सबैले विरोध गर्ने भन्दा पनि सकेको सहयोग गर्न सबैलाई अनुरोध गरे ।

कार्यक्रममा दक्षिण एशियामा समानताको अवस्था सम्बन्धीे गरिबी निवारणका लागि दक्षिण एशियाका क्षेत्रीय संयोजक डा. नेत्र तिम्सिना, लैङ्गिक समानता, नेपालको संविधान, व्यवहार र अभ्यासहरु गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष शर्मिला कार्की, नेपालको संविधान, लैङ्गिक समानता र समावेशीकरण सांसद डा विमला राई पौडेल र आर्थिक सामाजिक समानता सम्बन्धमा नेपाल सरकारको योजना र प्राथमिकता राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले विषयगत प्रस्तुति राखेका थिए ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष गौरी प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य मानव अधिकार एलाइन्सका वरिष्ठ उपाध्यक्ष समीर नेपाल, संचालन मानव अधिकार एलाइन्सका महासचिव डा. पद्मप्रसाद खतिवडाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्