विपिन र अनुको ‘बटौली’ रिलिज



०१ असोज २०७६, काठमाडौँ

विपिन कार्की अहिलेका सर्वाधिक लोकप्रिय अभिनेता हुन् । पछिल्लो समयमा उनी अभिनीत चलचित्र जात्रै जात्रा ले बक्सअफिसमा धमाकेदार व्यापार गरेको थियो । भर्खरै मात्र विपिनको नयाँ म्यूजिक भिडियो पनि रिलिज भएको छ ।

हर्क साउदको शब्द र एस.डी. योगीको संगीत रहेको बटौली बोलको गीतमा मनिष ढकालको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा विपिन कार्की र अनु काफ्लेका साथ सुमन मगर, मनांग लावती, मनिष ढकाल, हर्क साउद, साजन सुबेदी लगायतका कलाकार पनि फिचर्ड छिन् । यो गीतलाई नविन चौहानले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्