६ जना सवार बोलेरो अरुण नदीमा बेपत्ता



०१ असोज २०७६, काठमाडौं

संखुवासभाको अरूण नदीमा ६ जना सवार बोलेरो बेपत्ता भएको छ।

सदरमुकाम खाँदबारीबाट बिरामी लिएर धरानतर्फ आउँदै गरेको को १ ज ३७४९ नम्बरको बोलेरो गएराति साढे १० बजे धर्मदेवी नगरपालिका ८ स्थित अक्करको भिरबाट अरुण नदीमा खसेको हो।

चालक सन्तोष विक, खाँदबारी ९ का संगम श्रेष्ठ, उनकी पत्नी सदीक्षा श्रेष्ठ, श्रेष्ठद्वयका दुई महिने छोरा समीर श्रेष्ठ, प्रमेश थापा मगर र उनकी भाउजू कल्पना थापा मगर बेपत्ता भएका बताइएको छ।

बोलेरोमा सवार सबै बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी मीमबहादुर लामाले जानकारी दिए।

‘वर्षाले अरुणमा ठूलो बाढी आएको छ। बोलेरो नदीमा बेपत्ता छ,’ डिएसपी लामाले भने, ‘खसेको ठाउँबाट नदीमा गाडी देखिएको छैन। रातिदेखि नै घटनास्थलमा प्रहरी टोली परिचालित छ।’

प्रतिक्रिया दिनुहोस्