प्रधानमन्त्रीद्वारा नयाँ संघीय संसद भवन शिलान्यास हुँदै



०१ असोज २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको आज शिलान्यास गर्ने भएका छन् ।

सिंहदरबारको पुतली बगैंचामा निर्माण गर्ने तय भएको भवनको बुधबार बिहान ११ः३० बजे शिलान्यास गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संघीय संसद लामो समयदेखि भवनविहीन रहँदै आएको छ । सिंहदरबारभित्रै भएको प्रतिनिधिसभा भवन काम नलाग्ने भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ ।

संघीय संसदलाई सिंहदरबारको आफ्नै भवनमा सार्न डिजाइन, टेन्डर लगायतका प्रक्रिया शहरी विकास मन्त्रालयले टुंग्याइसकेको छ । मन्त्रालयका अनुसार, शिलान्यासलगत्तै यसको निर्माण कार्य सुरु हुनेछ । निर्माण थालेको साढे २ वर्षमा भवन तयार हुने शहरी विकास मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्