‘लिटल आइडल–२०१९’ को सिजन ३ हुँदै



३१ भदौ २०७६, काठमाडौं

‘लिटल आइडल–२०१९’को सिजन ३ संचालन हुने भएको छ।

कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरुले सहभागी जनाउन पाउने आइडलको प्रि–अडिसन दशैंभन्दा अगाडि नै हुने भएको हो।

विशेषगरी विद्यालयबाट औपचारिक शिक्षा हासिल गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी संचालन गरिने आइडलमा सहभागी बालबालिका सबै क्रियाकलापमा तिक्ष्ण हुनुपर्ने कार्यक्रम संयोजक श्रेया तामाङले जानकारी दिइन्।

ट्रिवेल फेसन कन्सर्नको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको सहयोगमा हुने कार्यक्रमले प्रि–अडिसनपश्चात् १५ देखि २० दिनसम्मको विभिन्न ट्रेनिङ्गहरु दिने छ।

कार्यक्रममा कोरियोग्राफरको भूमिकामा रन्जीता भट्टराई रहने आयोजकले जनाएको छ। विजेताहरुलाई के राशी प्राप्त दिने भन्नेबारे भने टुंगो भइनसकेको बताइएको छ।

आइडलको पहिलो र दोस्रो सिजन भने सन् २०१३ र २०१५ मा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्