मोरङमा एकै पटक तीन सन्तानको जन्म !



३१ भदौ २०७६, काठमाडौं

मोरङको पथरीमा एक महिलाले ३ सन्तानलाई जन्म दिएकी छिन ।

मोरङको पथरीशनिश्चरे १ का भगवती खडकाले बिराटनगरस्थित नोबेल अस्पतालमा २ छोरी र एक छोरा गरी ३ सन्तानलाई जन्म दिएकी हुन । ३ शिशु र आमाको अबस्था समेत सकुशल रहेको छ ।

भगवतीका श्रीमान मनोज बैदेशिक रोजगारीका क्रममा रहेका छन । भगवतीका काका कुमार खडकाले परिवारमा पहिलोपटक ३ जना सन्तान जन्मिएकोमा खुसी सँगै आफुलाई समेत आश्चर्य लागेको बताएका छन ।

उनका अनुसार आमा र बच्चा दुबैको सवास्थ्य समेत सकुशल रहेको छ । अस्पतालले समेत राम्रो हेरचाह गरेका कारण हाल कुने समस्या नरहेको र केही दिनमै उनीहरुलाई घर ल्याउने तयारी रहेको खडकाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्