किस सिन भएका कारण सलमानले छोडे सञ्जय लिला भन्सालीको ‘इन्साअल्ला’



३१ भदौ २०७६, काठमाडौँ

सञ्जय लिला भन्साली बलिउडका भेट्रान निर्देशक हुन् । उनले थुप्रै ब्लकबस्टर चलचित्रहरु  निर्माण गरिसकेका छन् । यस्तै करिब १९ बर्ष अगाडी उनले सलमान खानसँग चलचित्र हम दिल दे चुके सनम मा काम गरेका थिए ।

पटक पटक सलमान र सञ्जय लिला भन्सालीबिच टिमअप हुने कुरा थियो । तर हुन पाएको थिएन । १९ बर्षपछि सलमान र सञ्जय लिला भन्सालीबिच टिमअप हुन लागेको थियो । सञ्जय लिला भन्सालीको इन्साअल्ला मा सलमान र आलिया फाइनल भएका थिए ।

सलमानले दबंग ३ पछि इन्साअल्ला को सुटिङ सुरु गर्ने बताएका थिए । तर अहिले यो चलचित्रबाट सलमानले हात झिकेको कुरा बाहिरिएको छ । सलमानले यो चलचित्र किस सिन भएको कारण छाडेको खबर भारतीय मिडियाले दिएको छ ।

यो चलचित्रबाट किस सिन हटाउनको लागि सलमानले सञ्जयलाई पटक पटक अनुरोध गर्दापनि सञ्जयले नमानेपछि सलमानले चलचित्र छोडेको कुरा बाहिर आएको छ ।

प्रतिक्रिया दिनुहोस्