ब्युटिफूल नायिका उपासना सिंह ठकुरी (फोटो फिचर)



३१ भदौ २०७६, काठमाडौँ

चलचित्र क्याप्टेन बाट नेपाली रजतपटमा आएकी नायिका उपासना सिंह ठकुरीले पहिलो चलचित्रबाट नै दर्शकको राम्रो साथ पाइन् । चलचित्र क्याप्टेन मा उनको जोडी अनमोल केसीसँग बाधिएको थियो । उनको अभिनयलाई पनि दर्शकले रुचाएका थिए ।

उपासना यतिबेला चलचित्र कबड्डी कबड्डी कबड्डी को प्रमोशनमा व्यस्त छिन् । कबड्डी कबड्डी कबड्डी की उनी सिंगल नायिका हुन् । यो चलचित्रमा उनले चर्चित अभिनेताहरुसँग काम गरेकी छिन् । यसअघिका कबड्डी का सिरिजले निकै राम्रो व्यापार गरेका छन् । जसको कारण पनि उपासनाको लागि यो चलचित्र चल्नु निकै जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्