प्रतिकूल मौसमले खुम्बु आउने पर्यटक अन्नपूर्णतर्फ



३१ भदौ २०७६, काठमाडौं

खुम्बु क्षेत्रको मौसम प्रतिकूल हुँदा खुम्बु आउने अधिकांश पर्यटक गन्तव्य परिवर्तन (ड्राइभर्ट) हुने सम्भावना बढेको छ । काठमाडाँैबाट लुक्ला उडानकोे पर्खाइमा बसेका पर्यटक हवाईसेवा प्रभावित हुने बित्तिकै अन्नपूर्ण पदमार्गतर्फ जाने पर्यटन व्यवसायीले बताएका छन् ।

सगरमाथा क्षेत्रको भ्रमण तालिका बनाएर आएका उनीहरुले खुम्बुको विकल्पका रुपमा अन्नपूर्ण क्षेत्रलाई रोज्ने गरेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । उहाँका अनुसार चार दिनसम्म लुक्लामा कुनै पनि उडान नहुँदा करीब ९०० को हाराहारीमा खुम्बु आउने पर्यटक अन्य पदमार्गतर्फ लागेका छन् । लुक्लाको उडान रद्द भएपछि पर्यटकसमेत अन्नपूर्ण क्षेत्र जाने गरी गन्तव्य परिवर्तन गर्ने गरेका टे«ेकिङ एजेन्सिज एशोशिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले बताउनुभयो ।

विदेशी पर्यटकको हवाईमार्गमा चाप अत्यधिक भए पनि मौसम प्रतिकूल हुँदा समस्या भएको स्काई नेपाल ट्रेक्स प्रालि काठमाडाँैका निर्देशक बलबहादुर दर्नालले बताउनुभयो । खुम्बु आउने एक मात्र सहज माध्यम मानिएको हवाईसेवा नै हो । हवाईसेवा नै प्रभावित हँुदा जिल्लाको पर्यटन क्षेत्रमा ठूलो असर परेको पर्यटन व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्