चर्चित गायक राजेश पायल राईको घरमा आगलागी, सम्मानपत्र र अवार्ड जलेर भए तहसनहस



३१ भदौ २०७६, काठमाडौँ

नेपाली सांगितीक जगतमा परिचित नाम हो, राजेश पायल राई । संगीत क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको छ । जस्तोसुकै गीत पनि न्यायपूर्ण तरिकाले गाउन सक्ने राजेश पायल राई लाखौँ दर्शकको ढुकढुकी समेत हुन् ।

उनै राजेश पायल राईका फ्यानको लागि दुखद खबर आएको छ । राजेश पायल राईको घरमा विषण आगलागी भएको छ । आगलागीका कारण मावन क्षति त केहीपनि भएन । तर राजेशले अहिलेसम्म कमाएको कमाई भने सबै जलेर खरानी भयो । यसो भनिरहदाँ मानिसले उनको सम्पत्ति जलेको बुझ्छन् होला ।

तर राजेश पायल राईको घरमा आगलागी हुदाँ उनले पाएका सम्मानपत्र, मायाको चिनो, अवार्डहरु सबै तहसनहस भएको छन् । यो भन्दा ठूलो कमाई उनको लागि केहीपनि थिएन । यत्तिको सम्मान पाउनको लागि उनले निकै मेहेनत गरेका थिए । तर उनका सम्मानपत्रहरु जलेर खरानी भएका छन् । यतिबेला राजेश निकै दुखी छन् । हामी सबैले उनलाई हौसला दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्