अन्ततः कार्तिक ८ मा हुने भयो पूजा र स्वस्तिमाको भिडन्त, कसले मार्ला बाजी ?



३१ भदौ २०७६, काठमाडौँ

लामो समयदेखि अड्किरहेको चलचित्र घामट शेरे को प्रदर्शन मिति सार्वजनिक भएको छ । हेमराज बिसीले निर्देशन गरेको चलचित्रमा रियल कपल निश्चल र स्वस्तिमा मुख्य भूमिकामा रहेका छन् ।

निर्माण टिमले घामट शेरे को फस्टलुक सार्वजनिक गरेसँगै चलचित्रको रिलिज डेट पनि फिक्स गरेको छ । यो चलचित्र अब तिहारको अवसरमा कार्तिक ८ बाट प्रदर्शनमा आउने भएको छ । यो सँगै कार्तिक ८ मा पूजा र स्वस्तिमाको आमनेसामने हुने पक्का भएको छ ।

पूजा र स्वस्तिमा दुवैको आ–आफ्नो ठाउँमा छुट्टै क्रेज छ । मल्टिस्टारर कलाकारको अभिनय रहेको चलचित्र पोई पर्यो काले यो बर्षको प्रतिक्षित चलचित्र हो भने रियल जोडी निश्चल र स्वस्तिमा पहिलो पटक एकसाथ फिचर्ड भएको चलचित्र घामट शेरे पनि यो बर्षको प्रतिक्षित चलचित्र हो । अब दर्शकले कुन चलचित्रलाई धेरै रुचाउने हुन् त्यो भने कार्तिक ८ पछि नै थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्