चराको आक्रमणपछि साइकलमा तिव्र गतिमा भाग्दा गयो ज्यान !



३० भदौ २०७६, काठमाडौं

अस्ट्रेलियामा ७६ वर्षका वृद्धले साइकलमा यात्रा गरिरहेका थिए । त्यहि बेला पछाडीबाट कालो र सेतो रङको म्याग्पी चराले आक्रमण गरे । उनी चराबाट जोगिन भाग्दै गर्दा वृद्धको ज्यान गुमाएका छन् ।

बीबीसीले समाचार दिए अनुसार चराले आक्रमण गरि खेदाउँदै गर्दा ती वृद्ध साइकलमा तिव्र गतिमा भागेका थिए । भाग्दैगर्दा सडकबाट तल खसेर उनको एक बारमा शिर ठोक्किएको थियो । शिरमा ठोक्किएर गम्भीर घाइते भएका उनको ज्यान गएको अस्ट्रेलियाका प्रहरीले बताएका छन्।

अस्ट्रेलियामा म्याग्पी चरा खतराको रुपमा लिइन्छ । यस आक्रमक चराले बाटोमा हिँड्ने मानिस तथा साइकल यात्रीलाई बारम्बार निशाना बनाउँदै आएका छन्। धेरै दुख दिने खालका यस्ता चरालाई समयसमयमा अस्ट्रेलियाका प्रहरीले मार्दै आएका छन्। एजेन्सी..

प्रतिक्रिया दिनुहोस्