दाइजोको लोभमा दुलाहा बनेर ठगी गर्ने एक महिला पक्राउ



३० भदौ २०७६, काठमाडौं

दाइजोको लोभमा दुलाहा बनेर दुई युवतीलाई विवाह गरेर ठगी गरेको आरोपमा भारतमा एक महिला पक्राउ परेकी छिन् ।

दाइजोको माग गरेको उजुरीको आधारमा भारतको उत्तरी राज्य उत्तराखण्डमा प्रहरीले कृष्ण सेनलाई पक्राउ गरेको थियो । तर, सोधपुछका क्रममा कृष्ण वास्तवमा युवती रहेको खुलासा भएको थियो ।

२६ वर्षीय कृष्णको वास्तविक नाम स्वीटी हो । उनले सन् २०१४ मा पहिलो विवाह गरेपछि पुरुष बनेर युवतीहरुलाई ठगी गर्दै आएकी थिइन् ।

‘हामीले शुरुमा कृष्णले भनेको कुरा नै बुझेनौँ,’ प्रहरी अधिकारी जनामेजय खान्दुरीले बिबिसीसँग कुरा गर्दै भने, ‘त्यसपछि हामीले उनको स्वास्थ्य परिक्षण गरायौँ, जहाँ उनी वास्तवमा महिला भएको रहस्य खुल्यो । स्वीटीले पहिलो पत्नीलाई विवाह लगत्तै छाडेका थिए । त्यसपछि सन् २०१७ को अप्रिलमा दोस्रो विवाह गरे ।

तर, पहिलो पत्नीका परिवारले दाइजो माग्दै दुःख दिएको भन्दै उनीविरुद्ध उजुरी गरेका थिए । स्वीटीले ८ लाख पचास हजार भारतीय रुपैयाँ सापटी लिएको तर नतिरेको परिवारले आरोप लगाएको थियो ।

स्वीटीले आफूलाई सानैदेखि पुरुष बन्ने ईच्छा भएको प्रहरीसमक्ष बयान दिएकी छिन् । स्वीटीको परिवारलाई उनको यस हर्कतबारे थाहा थियो या थिएन भन्ने चाहीँ खुलेको छैन ।

प्रहरीका अनुसार कसैले वास्तविकता थाहा नपाओस् भनेर उनले धेरै पुरुष साथी रहेको र चुरोट रक्सी पिउनेदेखि मोटरसाइकल चलाउनेसमेत गरेकी थिइन् । उनको हुलिया र बोलिचालीले कसैले पनि उनी पुरुष नभएको शंका पनि गर्न सकेनन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्