नेवा पत्रकार राष्ट्रिय वदु काठमाडौंद्वारा फोटो प्रदर्शनी(११ तस्वीरहरु)



२९ भदौ २०७६, काठमाडौं

नेवा पत्रकार राष्ट्रिय दवु, काठमाडौंले राजधानीमा फोटो प्रदर्शनी कार्यक्रम गरेको छ।

फोटो प्रदर्शनी काठमाडौं महानगरपालिकाको सहआयोजनामा शुक्रबार इन्द्रजात्राको अवसर पारेर वसन्तुपर दरवार क्षेत्रमा गरिएको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका फोटो प्रदर्शनीमा करिब २०० भन्दा बढी फोटोहरु प्रदर्शन गरिएको दवु काठमाडौंका सदस्य शैलेश कुमार डंगोलले जानकारी दिए।

विभिन्न ५० भन्दा बढी नेवार समुदायका फोटो पत्रकारहरुद्वारा खिचिएको उक्त फोटोले नेपाली सांस्कृतिलाई समेत समेट्ने सदस्य डंगोलले बताए।

उक्त फोटो प्रदर्शनी गत साउनमा चयन भएको दवु काठमाडौंको नयाँ कार्यसमितिले गरेको पनि सदस्य डंगोलले बताए।

फोटोहरुमा नेवारी संस्कृति, काठमाडौं उपत्यकाभित्र रहेको विभिन्न पुरातात्वविक वस्तु तथा अन्य प्राकृतिक सौन्दर्यता झल्किएको दवुले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्