५५ लाखको फ्ल्याट उपहार बारेमा रानु मण्डलको यस्तो खुलासा..



२९ भदौ २०७६, काठमाडौं

कुनै समय कोलकाताको सडकमा गाउँदै बस्ने रानु मण्डल अहिले भारतमा हिट भएकी छन्। सामाजिक सञ्जालमा हरेकतर्फ उनको चर्चा छ। उनको पहिलो गीत तेरी मेरी हिट भएको छ । हिजोसम्म कोलकाताको रेल स्टेशनमा गीत गाउँदै आफ्नो जिन्दगी गुजारिरहेकी रानु मण्डलको प्रभाव कुनै सेलेब्रिटीको भन्दा कम छैन। केही दिनअघि रानुको गीत सुनेर सलमान खान धेरै भावुक भएको चर्चा थियो। त्यसपछि उनले रानुलाई ५५ लाखको फ्ल्याट उपहार दिएको समाचार आएको थियो। तर यो खबर गलत रहेको कुरा स्वयम् रानुले नै खुलासा गरेकी छन्।

रानु मण्डलले एनबीटीलाई दिएको अन्तर्वार्तामा सलमान खानले आफूलाई घर उपहार नदिएको बताएकी हुन्। यदि उनले मलाई घर दिएको भए त सबैसामू खुलास गर्थेु, उनले भनिन्, मैले यो समाचार सुनेँ तर मलाई यस खबरमा भरोस भएन। रानुलाई सलमानसँग कुनै चलचित्रको गीतमा गाउनका लागि सहयोग माग्नेबारे प्रश्न गरिएको थियो। मैले कसैसँग कुनै सहयोगका लागि बोलेकी छैन। सलमानसँग पनि म सहयोग माग्दिनँ, उनले भनिन्,एक गायिकाका रुपमा मलाई हिमेशजीले मौका दिए।

जुन गीत सुनेर मलाई मानिसहरुले मन पराउन थाले। त्यसका लागि हिमेशजीलाई म धन्यवाद दिन्छु, आभारी छु। हिमेश रेशमियाको फिल्म ह्याप्पी हार्डी एन्ड हिरका लागि रानु मण्डलले तेरी मेरी कहानी। गीत गाएकी हुन्। रानु मण्डलको नाम हिजोसम्म भलै गुमनाम थियो तर आज उनलाई गीत गाउने कयौँ ठूला प्रस्ताव आइरहेका छन्। एजेन्सी..

प्रतिक्रिया दिनुहोस्