अस्पतालको लापरवाहीका कारण नवजात शिशुको मृत्यु



२९ भदौ २०७६, काठमाडौँ

बाँकेमा एउटा नरमाइलो घटना घटेको छ । सामान्य अवस्थामा जन्मिएको शिशु (छोरी) लाई अस्पतालले मृत घोषणा गरिदिएपछि उनको अन्तिम संस्कार गर्नको लागि मसानघाट पुर्याइएको थियो । तर ती नवजात शिशु ज्यूदैँ थिइन् ।

भेरी अस्पतालको प्रसूतिकक्षमा खटिएका कर्मचारीको चरम लापरवाहीका कारण मृत्यु घोषणा गरिएको नवजात शिशुलाई मसानघाट पुर्यासएपछि जीवित देखिँदा शुक्रबार पुनः अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । ६०० ग्राम तौल रहेको महीना नपुगी जन्मेको शिशु ९छोरी०को अस्पतालको सघन उपचारकक्षमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

उक्त बच्चीको निधन भएपछि अहिले अस्पताल बाहिर चर्को आन्दोलन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्