आयुष्मानको ‘ड्रिमगर्ल’ ले गर्यो शानदार ओपनिङ



२८ भदौ २०७६, काठमाडौँ

आयुष्मान खुराना बलिउडका नाम चलेका अभिनेता हुन् । पछिल्लो समयमा बलिउडमा उनका चलचित्रले राम्रो व्यापार गर्दै आएका छन् । जसका कारण आयुष्मान पनि खुसी छन् । अहिले उनको डिमाण्ड बढ्दो छ ।

यस्तै हिजो शुक्रबारबाट प्रदर्शनमा आएको आयुष्मानको चलचित्र ड्रिम गर्ल ले शानदार ओपनिङ गरेको छ । अझ भन्नुपर्दा ड्रिमगर्ल आयुष्मानले अहिलेसम्म खेलेका चलचित्रमा सबैभन्दा ठूलो ओपनर बनेको छ ।

यो चलचित्रले प्रदर्शनको पहिलो दिन १० करोडभन्दा माथिको व्यापार गर्न सफल भएको छ । दर्शक र समिक्षक दुवैले चलचित्रलाई राम्रो बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्