‘नेपाल आइडल’ बाट चर्चामा आएका कृशल कडेलको नयाँ गीत रिलिज



२८ भदौ २०७६, काठमाडौँ

नेपाल आइडल सिजन २ का टप ८ प्रतियोगी कृशल कडेल गायक मात्र नभएर मोडल पनि हुन् । उनले नेपाल आइडल पछि केही गीतहरु गाए । जसलाई दर्शकले निकै रुचाए पनि । उनले गाएका गीतमा उनी नै फिचर्ड समेत भए । अहिले भने कृशलले मोडलिङ मात्र गरेको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

अशोक कुमार तामाङको शब्द र सूर्य दयालुको संगीत रहेको हाम्रो माया बोलको गीतमा मेलिना राईको आवाज रहेको छ । रोमान्टिक शैलीको गीतमा कृशलका साथ रीमा गौतम पनि फिचर्ड छिन् । यो गीतलाई जीवन शाहीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्