मुख्य नायिकाको भूमिकामा नेपाली चलचित्रमा काम गर्दै सन्नी लियोनी



२७ भदौ २०७६, काठमाडौँ

सन्नी लियोनीले आइटम डान्स गरेको नेपाली चलचित्र पासवर्ड आजबाट देशभरका हलमा प्रदर्शनमा आएको छ । यस्तै चलचित्र पासवर्ड प्रिमियरको लागि सन्नी हिजो नेपाल आएकी थिइन् । सन्नीले चलचित्रको आइटम गीतमा नाच्न पाउँदा मात्र पनि आफूलाई निकै खुसी लागेको बताइन् ।

यस्तै अब भने सन्नी नेपाली चलचित्रमा मुख्य भूमिकामा नै देखिने भएकी छिन् । उनले चलचित्र पासवर्ड प्रिमियरको समयमा आफूलाई नेपाली चलचित्रमा काम गर्न मन लागेको बताइन् । यस्तै चलचित्रका पासवर्ड का निर्माताले आफ्नो आगामी चलचित्रमा सन्नी नै मुख्य भूमिकामा हुने बताएका छन् । अब सन्नीले उक्त नेपाली चलचित्र गर्छिन् वा गर्दिनन् त्यो हेर्न भने केही समय पर्खनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्