रोल्पा पहिरो अपडेटः मुत्यु हुनेको संख्या ६ पुग्यो



२७ भदौ २०७६, काठमाडौं

रोल्पाको थवाङ गाउँपालिकामा आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ।

गएराति आएको पहिरोमा परी दुई परिवारका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

रोल्पाको शहीदमार्गअन्तर्गत घर्तीगाउँ –थवाङ खण्डको छेर्लोबाङमा घरमाथिबाट खसेको पहिरोले स्थानीय ठिरकुमारी बुढामगरको पुरेको हो।

पहिरोमा परी मृत्यु हुनेमा ठिरकुमारी र उनका चार वर्षीय छोरा असल बुढाको मृत्यु भएको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगरले बताए।

त्यस्तै पहिरोमा अर्को परिवारको चार जना सदस्यको पनि मृत्यु भएको पनि उनले जानकारी दिए। अध्यक्ष वीरबहादुरका अनुसार आफ्नो घर पहिरोमा पर्ने भएपछि ठिरकुमारीको घरमा आश्रय लिन गएका जय बुढा, मूलज्योति बुढा, बिर्सिती बुढा र चिरन बुढाको पनि सोही घटनामा मृत्यु भएको छ।

अहिले शव पोष्टमार्टमको लागि डाक्टरको टोली घटनास्थलतर्फ गइरहेको छ।

प्रतिक्रिया दिनुहोस्