प्रमोद र मेलिनाको आवाजमा चलचित्र ‘रातो टिका निधारमा’ को टाइटल गीत रिलिज



२७ भदौ २०७६, काठमाडौँ

रातो टिका निधारमाा यो बर्षको प्रतिक्षित चलचित्र हो । अजोज १० गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भनिएको चलचित्र रातो टिका निधारमा को एउटा गीत र अफिसियल ट्रेलर रिलिज भैसकेको छ ।

एउटा गीत र ट्रेलरलाई दर्शकले रुचाएका छन् । भर्खरै मात्र चलचित्र रातो टिका निधारमा को टाइटल गीत सार्वजनिक भएको छ । सहदेव ढुङ्गानाको शब्द र शम्भूजित बास्कोटाको संगीत रहेको रातो टिका निधारमा बोलको ओरिजिनल गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको आवाज थियो भने रिमेक गीतमा प्रमोद खरेल र मेलिना राईको आवाज छ ।

गीतमा चलचित्रका अधिकांश कलाकार फिचर्ड छन् । कुनै समयमा नै तहल्का मच्चाइसकेको ओरिजिनल गीतलाई रिमेक गरिएको गीतले पनि दर्शकको मन जित्ने कुरामा चलचित्र निर्माण टिम विश्वस्त रहेको छ । यो गीतलाई वसन्त श्रेष्ठले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्