अनमोलको ‘एन्टि हिरो’ मा जसिता फाइनल, कत्तिको सुहाउँला दुईको केमेष्ट्रि ?



२७ भदौ २०७६, काठमाडौँ

अनमोल केसी अहिलेका सर्वाधिक चर्चित अभिनेता हुन् । उनको चलचित्र कहिले आउँछ भनेर दर्शक प्रतिक्षा गरेर बसिरहेका हुन्छन् । पछिल्लो समयमा अनमोल अभिनीत चलचित्र ए मेरो हजुर ३ प्रदर्शनमा आएको थियो । जसलाई दर्शकले निकै नै रुचाए ।

यतिबेला भने अनमोल चलचित्र एन्टि हिरो को तयारीमा व्यस्त छन् । यो चलचित्रमा भुवन पनि देखिदैँछन् । लामो समयदेखि एन्टि हिरो को लागि भुवनले नायिका खोजेका थिए । अन्ततः चलचित्रमा नायिका जसिता गुरुङ फाइनल भएको कुरा बाहिर आएको छ ।

भुवनले चलचित्रका लागि साम्राज्ञी र जसितालाई अव्सनमा राखेका थिए । साम्राज्ञीसँग भुवनको सम्बन्ध राम्रो नभएको चर्चा छ । त्यसैले भुवनले चलचित्रमा जसितालाई नै लिने निधो गरेको बताइन्छ । यस्तै दर्शकले पनि जसितालाई र अनमोललाइ एउटै फ्रेममा हेर्ने रहर गरेका छन् । जसिताले चलचित्र साइन गरिसकेकी छैनन् । तर प्राप्त जानकारी अनुसार उनको भुवनसँग मौखिक सहमति भैसकेको र आज कागजी सहमति पनि हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्