‘फिल्म क्षेत्रमा कुरा काट्ने प्रवृति फिटिक्कै मन पर्दैन’ : साम्राज्ञी राज्यलक्ष्मी शाह



२६ भदौ २०७६, काठमाडौँ

साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले चलचित्र मारुनी का चर्चामा छिन् । चलचित्र मारुनी मा उनको अभिनयको खुब प्रशंसा भयो । साम्राज्ञीलाई घमण्डी अभिनेत्री धेरैले भन्ने गर्छन् । उनलाई नजिकबाट चिन्ने बाहेक अरुले उनलाई सानैदेखि घमण्डी नै भन्दै आएको कुरा उनले बताइन् ।

साम्राज्ञीलाई नेपाली चलचित्र क्षेत्रमा एकले अर्काको कुरा काट्ने बानी फिटिक्कै मन पर्दैन । उनी आफैँपनि कसैको कुरा काट्दै हिड्दिनन् । कहिलेकाहिँ बेकारमा नचाहिने कुराको गसिप धेरै बनाउने भएकाले उनलाई चलचित्र क्षेत्र नै छोड्दिउँ कि जस्तो पनि लाग्थ्यो रे तर अहिले भने साम्राज्ञीले त्यस्तो कुरामा ध्यान दिने गरेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्