क्यानाडाको सिटी बसमा ‘नेपाल भ्रमण बर्ष २०२०’ को प्रचारप्रसार



२६ भदौ २०७६, काठमाडौं

क्यानाडाको मिसासागा सहरको सिटि बसमा सगरमाथा, कुमारी, लुम्विनी पशुपतिनाथ, पोखरा, सुदूरपश्चिम प्रदेशको खप्तड, बडिमालिका, अपि सैपाल हिमाल लगायतका तस्वीर राखी ‘भिजिट नेपाल २०२०’ अभियानको प्रचार प्रसार थालिएको छ ।

नेपाल प्रमोसन नाम दिइएको सो कार्यक्रमको उद्घाटन रिभरउड पार्कमा पञ्चकन्यासहित मिसिसागाका सांसद दीपक आनन्दले गरेका थिए ।

उनले नेपाल पर्यटन बोर्ड क्यानाडा र क्यानाडा नेपाल पर्यटन सांस्कृतिक व्यापार मंचको आयोजनामा १० वटा सिटि बसमा सुदूरपश्चिमसहित नेपालका ७ वटै प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यस्थलका तस्वीरहरु राखी प्रचार गरिएको बताए ।

कार्यक्रमका सभापति तथा नेपाल पर्यटन बोर्ड क्यानाडाका मानार्थ प्रतिनिधि नरबहादुर टण्डनले दुई महिनासम्म बसमा प्रचारप्रसार हुने अभियानमा सवैले साथ दिनुपर्ने बताए ।

(फोटो साभार : रामकाजी मोक्तान)

प्रतिक्रिया दिनुहोस्