ट्युसन पढाउने बहानामा ७० वर्षीय शिक्षकले १९ वर्षीय छात्रालाई प्रेम जालमा फसाएपछि..



२५ भदौ २०७६, काठमाडौं

भारतको पंजाब राज्यको अबोहर सहरमा एक जना ७० वर्षीय अवकाशप्राप्त शिक्षक आफ्नी १९ वर्षीय छात्रालाई भगाएर लगेपछि निजलाई प्रहरीले गिरफ्तार गरेको छ । करिब दश दिनदेखि बेपत्ता यो जोडीलाई दक्षिण भारतीय राज्य तमिलनाडुबाट गिरफ्तार गरेर स्थानीय अदालतमा हाजिर गराइएको बताइएको छ ।

अदालतले आरोपित पूर्व शिक्षक जय किशन गौडलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । साथै ती छात्रालाई सेट प्रहरी हिरासतमा राखिएको बताइएको छ ।

यस अघि प्रहरीले छात्राका आफन्तहरू बयान अनुसार गौडविरुद्ध छात्रालाई फकाई(फुल्याई भगाएर लगेको भन्दै मुद्दा दायर गरेको हो । बिहीबार उक्त केटी र आरोपी शिक्षकलाई अदालत परिसरमा ल्याइरहँदा छात्राका आफन्तहरू समेत अदालत परिसरमा उपस्थित थिए तर उनले तिनीहरूलाई नदेखे जस्तो गरेकी थिइन् ।

१२ वर्ष अगाडि सरकारी सेवाबाट निवृत्त भएका जयकिशन विद्यार्थीहरूलाई ट्युसन पढाउने गर्दथे । करिब चार वर्ष अघि उनले ती छात्रालाई घरमै ट्युसन पढाउन थालेको र त्यसै समयदेखि उनलाई आफ्नो प्रेम जालमा फसाएको हुन् सक्ने धेरैको भनाइ रहेको छ ।

एक वर्ष अगाडि पनि केटीका आफन्तहरूले जयकिसनलाई उनका कर्तुतहरूको कारण कुटपिट गरेका थिए । तर उनी भने ती छात्रालाई बालिग हुन पर्खिरहेका थिए ।

ती गुरु(चेली घरबाट फरार भए यता तिनीहरूको प्रेम सम्बन्ध स्थानीय चियापसलहरूमा चर्चाको विषय बनेको छ । ती केटी आफ्ना आमाबुवाको एक्ली छोरी हुन् भने जयकिशनका नातिनातिना छन् । उनकी पत्नीको भने उहिल्यै मृत्यु भइसकेको छ । एजेन्सी..

प्रतिक्रिया दिनुहोस्