भोलि नेपाल आउँदै सन्नी लियोनी



२५ भदौ २०७६, काठमाडौँ

बलिउडकी चर्चित नायिका सन्नी लियोनी भोलि नेपाल आउँदै छिन् । उनी आगामी शुत्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र पासवर्ड को प्रिमियरको लागि नेपाल आउने भएकी हुन् ।

प्राप्त जानकारी अनुसार सन्नी भोलि दिउँसो २ बजेतिर नेपाल ओर्लनेछिन् । यस्तै सन्नी भोलि कुमारी हलमा आयोजित पासवर्ड को प्रिमियर शो मा पनि उपस्थित हुनेछिन् । सन्नी लियोनीको बलिउडमा मात्र नभएर नेपालमा पनि उत्तिकै फ्यान छन् ।

जसको कारण भोलि सन्नी नेपाल आउने कुराले दर्शक उत्साहित देखिएका छन् । चलचित्र पासवर्ड मा सन्नीको आइटम डान्स रहेको छ ।

प्रतिक्रिया दिनुहोस्