पुष्पकमल दाहाल (प्रचण्ड) का ठूलोबुवाको निधन



२५ भदौ २०७६, काठमाडौँ

चर्चित नेता पुष्पकमल दाहाल (प्रचण्ड) का ठूलोबुबाको निधन भएको छ । गएराति आफ्नै निवास चितवनमा प्रचण्डका ठूलोबुबा कुलप्रसाद दाहालको ९२ बर्षको उमेरमा निधन भएको हो ।

दाहाल परिवार कास्कीबाट २०१९ मा बसाइँ सरेर चितवन आएको थियो। दिवंगत दाहाल विसं ०३६ देखि भूमिगतरूपमा किसान सङ्गठनका नेताको भूमिका निभाउँदै नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए।

कुलप्रसादको आजै देवघाटमा अत्येष्टि गरिने भएकाले प्रचण्ड आज ठूलोबुबाको अन्तिम संस्कारको लागि चितवन जाने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्