मोटिभेस्नल स्पिकर दत्तले अन्तर्राष्ट्रिय युवा सम्मेलनमा ‘शान्ति राजदुत’ को रुपमा भाग लिदै



२५ भदौ २०७६, काठमाडौं

नेपालका युवा मोटीभेस्नल स्पिकर तथा काउन्सेलरका रुपमा चिनिएका शिवांग दत्त १४–१५ सेप्टेम्बरमा आयोजना हुने अन्तर्राष्ट्रिय युवा फोरममा भाग लिन चेन्नई जाने भएका छन् ।

चेन्नई अन्तर्राष्ट्रिय युवा फेस्ट तथा अन्तर्राष्ट्रिय युवा फोरमको संयुक्त आयोजना तथा भारत सरकारको सहयोगमा हुन् गईरहेको “अन्तराष्ट्रिय युवा फोरम–२०१९“ मा शान्ति राजदुतको रुपमा दत्त नेपालबाट जाने भएका हुन् ।

शान्ति, सामाजिक समानता, मानव अधिकार तथा विकास सम्बन्धि यस अन्तर्राष्ट्रिय फोरममा २० भन्दा बढी देशबाट २५० जना सक्रिय युवाको उपस्थिति रहने छ ।

महिला तथा बालबालिका हिँसा बिरुद्ध  “STOP VIOLENCE : A CHANGE FOR A CHANGE“ नाम गरेको प्रोजेक्टका प्रमख दत्तको सामाजिक क्षेत्र मात्र नभई साहित्य क्षेत्रमा समेत उपस्थिति रहेको छ । उनका लेखहरु बिभिन्न पत्रपत्रिकामा समेत प्रकाशित भइसकेका छन् ।

इन्जिनियरिङ पढिरहेका तथा पढाईमा सधै उत्कृष्ट स्थान हासिल गरेका दत्तले नेपालका बिभिन्न स्थानमा २ दर्जन भन्दा मोटिभेस्न्ल सेसन लिईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्