अरे! यार कवि हुँ



२४ भदौ २०७६, काठमाडौं

अरे! यार कवि हुँ।

अरे’ यार कवि हुँ।

गल्ती, अलिअलि त म नि गर्न सक्छु,
गल्तीमै, तिमीलाई प्रीत लाउन सक्छ,

अरे! यार कवि हुँ।

यथार्थ भन्दा अलि पर भावनाको संसार छ।
कहिलेकाहीँ येसो उतैतिर हराउन सक्छु।

अरे! यार कवि हुँ।

कहिलेकाहीँ बढी नै काल्पनिक हुन सक्छ।
कल्पना मै तिम्रो ओठको चुम्बन लिन सक्छु।

अरे! यार कवि हुँ।

धुवाँ अनि प्याला तिमी झै प्रिय छन्।
मेरा लागी ह्या कति पिउँछौ नभन्नु।

अरे! यार कवि हुँ।

लेख्नु नि कति लेख्नु देश अनि तिम्रो कविता।
आज बा! अनि आमाको लेख्न सक्छु।

गल्ती, अलि अलि त म नि गर्न सक्छु।
गल्तीमै, तिमिलाई प्रीत लाउन सक्छ।

बुढा

प्रतिक्रिया दिनुहोस्