कपिलवस्तुमा शौचालय गएकी महिला झाडीमा मृत्यु अवस्थामा फेला !



२४ भदौ २०७६, काठमाडौं

कपिलवस्तुमा आज बिहान ३२ वर्षीय संगीता कलवारको शव घर नजिकै शव फेला परेको छ।

बिहान ३:३० बजेतिर शौचालय गर्न गएकी आमा २ घण्टासम्म नफर्केपछि मृतकी छोरीले खोज्नेक्रममा घर नजिकैको झाडीमा आमाको शव भेटाएकी थिइन्।

घरदेखि करीब २ सय मिटर नजिककैको झाडीमा संगीताको शव भेटिएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएका छन् । मृतक संगीताको घाँटीमा चोटको दाग देखिएको प्रहरीले बताएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । पोष्टमार्टम रिर्पोट पछि मात्रै घटनाको बारेमा थप रहस्य बाहिर आउने प्रहरी नायब उपरीक्षक मल्लले बताए। मृतक संगीतका पति रोजगारीको सिलसिलामा भारतमा छन्।

प्रतिक्रिया दिनुहोस्