हजुरआमा बन्दै बलिउडकी चर्चित अभिनेत्री रबिना टन्डन



२४ भदौ २०७६, काठमाडौँ

रबिना टन्डन बलिउडकी नाम चलेकी अभिनेत्री हुन् । उनले बलिउडमा थुप्रै हिट फिल्महरु दिइसकेकी छिन् । उनै रबिना अब हजुरआमा बन्ने भएकी छिन् ।

रबिनाले एडप्ट गरेकी छोरी छाया आमा बन्ने भएकी छिन् । रबिनाले निकै धुमधामसँग आफ्नी धर्मपुत्रीको बेबी सावर समारोह सम्पन्न गराइदिइन् । बेबी शावर पार्टीमा रबिनाकी आफ्नै छोरी राशा थडानी पनि निकै खुसी देखिएकी छिन् । पार्टीमा छायाले मरुन रङको पहिरन लगाएकी थिइन् भने रबिना प्रिन्टेड टप र ट्राउजरमा निकै आकर्षक देखिएकी थिइन् ।

रबिनाले सन् १९९५ मा दुई छोरी छाया र पूजालाई अडोप्ट गरेकी थिइन् । त्यतिबेला पूजा ११ वर्षकी थिइन् भने छाया ८ वर्षकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्