अब कसैले बाटो–बाटोमा अरुको कुरा काट्दै गरेको भेटिएमा ३ घण्टा सडक सफा गर्न लगाइने



२४ भदौ २०७६, काठमाडौँ

फिलिपिन्सको एक सहरमा अनौठोको नियम लागू हुने भएको छ । फिलिपिन्सको बिनालोनान सहरमा कुरा काट्दै हिड्न प्रतिबन्ध लगाइएको छ ।

शहरमा अनावश्यक अफवाह नफैलियोस् र शहरका मानिसहरुले अनावश्यक कुरा काटेर समय बर्बाद नगरुन् भन्नाका लागि कुरा काट्न प्रतिबन्ध लगाइएको हो । त्यहाँ सन् २०१७ यता कुरा काट्न प्रतिबन्ध लगाइएको छ ।

यदि कसैले अरुको मान हानी हुने गरी कुरा काटेमा २० डलरसम्म जरिवाना तिर्नुपर्ने तथा ८ घण्टासम्म सामुदायिक सेवा गर्नुपर्नेसम्मका सजाय तोकिएको छ ।

शहरमा यस्तो नियम लागू गरेयता यस्ता कुरा काट्ने गतिविधिमा उल्लेख्यीय कमी आएको त्यस शहरका मेयर रामोन गुइकोले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्