फेसबुकको फोटोले गाउँपालिका अध्यक्ष प्रहरी खोरमा



२३ भदौ २०७६, काठमाडौं

बहुविवाह गरेको भन्दै परस्त्रीसँग खिचिएका अर्धनग्न तस्वीर श्रीमतीले फेसबुक मेसेन्जरमा फेला पारेपछि प्युठान जिल्लाको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीलाई आइतबार प्रहरीले हिरासतमा लिएको छ ।

दुई छोरीका पिता गिरी आफ्नै श्रीमतीले दिएको उजुरीका आधारमा समातिएका हुन् । प्रहरीले अध्यक्ष गिरी र उनकी प्रेमिका दुबैलाई हिरासतमा लिएको हो ।

गाउँपालिका अध्यक्ष विष्णु र युवतीका केही तस्वीरहरु र च्याटमा भएका कुराकानीलाई उनकी श्रीमती सीताले भदौ १० गते हुलाकमार्फत् बहुविवाहको उजुरी प्रहरीमा दायर गरेको प्युठानका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कार्की बताए ।

हाल दुवैलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरी प्रमुख कार्कीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्